बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सञ्चारमन्त्री बाँस्कोटालाई अख्तियारको जिम्मा लगाउन माग

बिहीबार, ०८ फागुन २०७६, १४ : १९
बिहीबार, ०८ फागुन २०७६

काठमाडौँ । द्वन्द्व पीडित राष्ट्रिय सञ्जालका बरिष्ठ उपाध्यक्ष फडिन्द्र लुइँटेलले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक पदमा बसेर भ्रष्टाचारजन्य कसुर गरेकाले तत्काल बर्खास्त गरि अख्तियारको जिम्मा लगाउन माग गरेका छन् । 

रातोपाटीसँग कुरा गर्दै लुइटेलले सरकारको संचार मन्त्री जस्तो ब्यक्तिले हाक्काहाक्की करोडौं रूपैयाँ कमिसन मागेर कम्युनिस्ट पार्टी र सरकारको बदनाम गरेको बताएका छन् । भ्रष्टाचारजन्य गतिविधि भनी सार्वजनिक भैसकेपछि नजोगाउन र नचोख्याउन लुइँटेलले प्रधानमन्त्रीलाई आग्रह गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँस्कोटालाई तत्काल गिरफ्तार गरि अनुसन्धान शुरू गर्नुपर्ने उनको तर्क छ ।

गत महिना नेपाल टेलिकमलाई फोर जी स्वीकृति दिँदा समेत मन्त्री बाँस्कोटाले २१ अर्ब हिनामिना गरेको आरोप लागेको छ । दस अर्ब बराबरको प्रस्ताब आएको समेत उनले स्वीकारेका छन् । सरकारको मन्त्री भएपनि अलोकप्रियताको शिखर चुमेका बाँस्कोटाका कारण दुई तिहाइको सरकार नैतिक संकटमा परेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप