शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आतंकवादीलाई सघाएको विषयमा चीनले पाकिस्तानविरुद्ध भारतलाई साथ दियो

बिहीबार, ०८ फागुन २०७६, १४ : ४४
बिहीबार, ०८ फागुन २०७६

एजेन्सी । आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका छन् ।  ती दुई देश यस मुद्दामा भारत र अमेरिकासँगै उभिएका छन् । चीन र साउदी अरबले भारत, अमेरिका र युरोपियन देशसँगै मिलेर पाकिस्तानलाई उसले ‘फाइनेन्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)’सँग गरेको प्रतिबद्धता पुरा गर्न कडाई गर्ने सन्देश दिने फैसला गरेको छ । 

अब पाकिस्तानमाथि एफएटीएफको जूनको सत्रअघि आतंकवादी संगठनले प्राप्त गर्ने फण्डिङ् र सम्पत्ति शुद्दीकरण रोक्ने दिशामा महत्वपूर्ण कदम उठाउन दवाव पर्नेछ ।  पाकिस्तानले ‘अहिलेनै आतंकवादी संगठनका शीर्ष नेतामाथि मुद्दा चलाएर तिनलाई दोषी सिद्ध गर्नुपर्नेछ ।’

विगतमा चीनले एफएटीएफमा पाकिस्तानलाई समर्थन गरिरहेको सन्दर्भमा हालको परिवर्तनलाई महत्वपूर्ण मानिएको छ ।  कुटनीतिक स्रोतका अनुसार पाकिस्तानलाई एफएटीएफमा टर्कीले मात्र समर्थन जनाएको छ ।  
सन् २०१८ देखि पाकिस्तान सम्पत्ति शुद्दीकरणविरुद्ध काम गर्ने उक्त संस्थाको निगरानीमा छ । 

उग्रवादी संगठनहरुलाई पैसा दिएको र सम्पत्ति सुद्धिकरणमा उपयुक्त काम नगरकेो आरोपमा पाकिस्तान संस्थाको निशानामा पर्न थालेको थियो । पछि संगठनले पाकिस्तानलाई उसको ‘ग्रे लिस्ट’मा हाल्यो ।   पाकिस्तानसँगै सर्बिया, श्रीलंका, सिरिया, त्रिनिदाद, ट्यूनिसिया र यमन ‘ग्रे लिस्ट’ छन् । 

एफएटीएफले एक वक्तव्य जारी गर्दै फेब्रुअरी २००० सम्म पाकिस्तानले यस मुद्दामा पर्याप्त कदम उठाएन भने ऊ विरुद्ध कारबाही गरिने बताएको छ । एफएटीएफको आगामी वैठक शुक्रबार पेरिसमा हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप