मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पिएन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच ग्याङ फाइट, २ जना गम्भीर घाइते

बिहीबार, ०८ फागुन २०७६, १९ : ४६
बिहीबार, ०८ फागुन २०७६

पोखरा । सत्तारुढद दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठनबीच पोखराको पृथ्वीनारायण क्याम्पसमा झडप भएको छ । नेकपा निकट अनेरास्ववियु र काँग्रेस निकट नेविसंघका सदस्यबीच क्याम्पस परिसरमै हानाहान भएको हो । 

झडपमा अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त घम्भिर घाईते भएका छन् । नेविसंघका सतिश बास्तोलाको नेतृत्वको टोलीले रड प्रहार गर्दा उनीहरु गम्भिर घाइते भएको अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले जानकारी दिए । ‘दोहोरो हानाहान हो,’ उनले भने, ‘तर, ज्यान मार्ने उद्देश्यले हतियार प्रहार भयो ।’ अहिले उनीहरुको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । घाइते दुइलाई आइसियूमा राखिएको छ ।

 यसअघि अनेरास्ववियुका विराट र विशालले नेविसंघका सतिशमाथि पनि हमला गरेका थिए । संगठनमा आबद्ध भएपनि व्यक्तिगत रिसिइबी साँध्न सांगठनिक हमला भएको अनेरास्ववियुले बताएको छ ।  नेविसंघका निर्वतमान केन्द्रीय सदस्य भानु ढकालले सांगठनिक रुपमा नभई व्यक्तिगत रिसिबीको कारण कुटाकुट भएको प्रष्ट पारे । उनका अनुसार झडपमा नेविसंघका केही सदस्य पनि घाईते भएका छन् । ‘संगठनले त यस्ता झगडामा नलाग्नुस् भनेका छौं,’ उनले भने । वार्ताको माध्यमबाट कुरा मिलाउने पक्षमा आफूहरु रहेको उनले सुनाए । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार झगडा भएको जानकारी पाए पनि अहिलेसम्म कुनै जाहेरी भने परेको छैन । ‘झगडा भएको भन्ने त हामीले थाहा पाएका हौं,’ उनले भने, ‘तर कुन संगठन निकट हो भनेर हामीलाई जानकारी आएको छैन । लिखित÷मौखिक कुनै पनि किसिमको जाहेरी हामीलाई परेको छैन ।’ पिएनमा यसअघि पनि यस्ता घटना हुने गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप