बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आमा लिएर हल पुग्दा निःशुल्क फिल्म हेर्न पाइने

बिहीबार, ०८ फागुन २०७६, २० : ०६
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं । भोली शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म हो ‘आमा’ । फिल्मको देशभरबाट एकसाथ प्रदर्शनमा आउँदैछ । प्रदर्शनको अघिल्लो दिन निर्माण युनिटले  नयाँ घोषणा सार्वजनिक गरेको छ । घोषणा अनुसार काठमाडांैका केही चलचित्र घरमा आफ्नो आमासँग फिल्म ‘आमा’ हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ ।

निर्माण युनिटले काठमाडांैको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा १ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाउने पाइने घोषणा गरेको हो ।

एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं’ निर्देशक दीपेन्द्र के खनाल भने ‘हलहरुमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो योजना लागु हुनेछ ।’

दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । 

शर्मिला पाण्डेको निर्माण रहेको फिल्म दीपेन्द्रको महत्वकांक्षी फिल्म पनि हो । पशुपति प्रसाद जस्तो सुपरहिट फिल्म निर्देशन गरेका दीपेन्द्रले ‘आमा’त्यो भन्दा पनि राम्रो भएको दाबी गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप