शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खरिपाटी क्वारेन्टाइनमा पर्यटनमन्त्रीद्वारा अनुगमन

बिहीबार, ०८ फागुन २०७६, २१ : ०७
बिहीबार, ०८ फागुन २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् ।

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज खरिपाटी पुग्नुभएका मन्त्री भट्टराईले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारे जानकारी लिएका थिए ।

सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै उनले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरुको अवस्थाबारे थप जानकारी लिएका थिए ।

उनले नेपालमा कोरोना भाइरस नरहेको र यसबाट डराउनुपर्ने अवस्था नरहेको भन्दै पर्यटन वर्ष २०२० लाई सफल पार्न सबै निकायबाट लाग्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप