बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच नम्बर प्रदेशको नाम मगरात राख्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा

बिहीबार, ०८ फागुन २०७६, २२ : १७
बिहीबार, ०८ फागुन २०७६

बुटवल । मगरात संघर्ष समितिले प्रदेश नं ५ को नामाकरण मगरात हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नेपाल मगर संघ र संयुक्त मगर मञ्च नेपालको फागुन ६ गते बसेको संयुक्त बैठकले प्रदेश नं ५ को नाम मगरात हुनुपर्ने भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । नेपाल मगर संघ प्रदेशका अध्यक्ष विमल सारुमगरले १२ वटै जिल्लामा लक्षित गरेर आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको बताए । पहिलो चरणमा फागुन मसान्तसम्म आन्दोलन गर्ने र माग सुनुवाई नभए दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने उनले बताए ।

नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नवीन रोकामगरले पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गर्नेगरि आन्दोलनका कार्यक्रम घोषणा गरिएको जनाएका थिए ।  उनले प्रदेशको मगरहरुको जनसख्या धेरै भएको यो प्रदेशमा इतिहासदेखी मगरहरुको बाहुल्यता रहेकोले सो आधारमा मगरात प्रदेश बनाउनुपर्ने जिकीर गरे ।  उनले दलहरुले पनि घोषणापत्र र मत माग्ने बेला मगरात राज्य घोषाणा गर्ने आश्वासन दिएकोले अहिले प्रदेशको नामाकारण गर्ने बेलामा ध्यान दिनुपर्ने बताए ।

आन्दोलनका कार्यक्रमहरुमा मुख्यमन्त्री, सभामुख, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई स्मरण पत्र बुझाउने, १२ वटै जिल्लामा मगरात भित्तेलेखन गर्ने कार्यक्रम संघर्ष समितिले तय गरेको छ । त्यस्तै १ सय ९ वटै स्थानिय तहमा अन्तरक्रिया, सबै जिल्लामा मोटरसाइकल ¥याली, सांस्कृतिक झांँकीसहितका कार्यक्रम गर्ने बताइएको छ ।
त्यस्तै संघर्ष समितिले प्रदेश नं ५ को स्थायी राजधानी सबैलाई पायक पर्ने गरि राख्न माग समेत गरेको छ । यसअघि उनीहरुले साढे ११ लाख हस्ताक्षर मुख्यमन्त्रीलाई बुझाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप