केन्द्रीय संस्करण

किन मनाइन्छ महाशिवरात्रि ? (साइतसहित)

महाशिवरात्रिसम्बन्धी पौराणिक कथा यस्तो छ

person explore access_timeफागुन ९, २०७६ chat_bubble_outline0

महाशिवरात्रि हिन्दू धर्मका प्रमुख पर्वहरुमध्येको एक हो । शिवका उपासकहरु हरेक वर्ष आफ्ना आराध्य देव शिवको विशेष आराधना गर्नको लागि यसै दिनको प्रतीक्षा गर्ने गर्छन् । हिन्दू पञ्चाङका अनुसार फागुन महिनाको कृष्ण पक्ष चतुर्थीका दिन पर्ने शिवरात्रीका दिन शिवालयहरुमा शिवलिंगमा जल, दूध र वेलपत्र चढाएर शिवको पूजा गर्ने गरिन्छ । यसो गर्दा शिव खुसी हुने र पूजा गर्नेलाई महादेवको विशेष कृपा मिल्ने विश्वास गरिन्छ । भोलेनाथ समेत भनिने शिव आफ्ना भक्तहरुसँग चाँडै प्रशन्न हुने र सामान्य पूजाबाट पनि शिवकृपा पाइने विश्वास गरिन्छ ।

रमाइलो कुरा के छ भने हरेक महिनाको कृष्ण पक्षको चतुर्दशीको दिन आउने रात्रीलाई शिवरात्रि भनिन्छ भने फागुन महिनाको कृष्ण चतुर्दशीको दिनमा आउेन शिवरात्रिलाई चाहिँ महाशिवरात्रि भनिन्छ । 

यस वर्षको शिवरात्रि फागुन ९ गते तद्अनुसार २१ फेब्रुअरी२०२० मा परेको छ । यो दिन चतुर्थी तिथिको प्रारम्भ बेलुकी ५ बजेर ३५ मिनेटबाट शुरु भएर त्यसको भोलिपल्ट बेलुकी ७ बजेर १७ मिनेटसम्म कायम रहनेछ । तद्अनुसार शिवको रात्रिप्रहरको पूजा गर्ने उत्तम समय २१ फेब्रुअरीका दिन बेलुकी ६ बजेर ५६ मिनेटदेखि राति १ बजेर ७६ मिनेटसम्म मानिएको छ ।

किन मनाइन्छ शिवरात्रि ?

शिवरात्रि किन मनाइन्छ भन्ने सन्दर्भमा तीनवटा मान्यताहरु प्रचलित छन्  ।

एउटा पौराणिक मान्यताका अनुसार महाशिवरात्रिकै दिन शिवजी पहिलो पटक प्रकट भएका थिए । त्यस मान्यताअनुसार शिवजी अग्नि ज्योतिर्लिङ्गको रुपमा प्रकट भएका थिए । उक्त ज्योतिर्लिङ्गको आदि वा अन्त्य नै थिएन । भनिन्छ, शिवको यो ज्योतिर्लिङ्ग रुपलाई जान्नको लागि नै सृष्टिकर्ता ब्रम्हाले हाँसको रुप धारण गरेर माथिमाथि आकाशतिर र सृष्टिको पालनकर्ता विष्णुले बँदेलको रुप धारण गरेर तल तल पातालतिर गएका थिए । तर जति गए पनि उनीहरु शिवको आदि र अन्त्य रुप फेला पर्न सकेनन् ।

अर्को पौराणिक मान्यताअनुसार, महाशिवरात्रिकै दिन विभिन्न स्थानहरुमा शिवका ६४ ज्योतिर्लिङ्गहरु उत्पत्ति भएका थिए । तीमध्ये पनि हालसम्म मानिसरुलाई १२ ज्योतिर्लिङ्गको बारेमा मात्रै थाहा छ । ती १२ ज्योतिर्लिङ्गहरुमध्ये एक भारतकाे केदारनाथकाे शिर काठमाडौंकाे पशुपतिनाथ मानिन्छ ।

अर्को मान्यताअनुसार चाहिँ महाशिवरात्रिको रातमा नै भगवान शिवशंकर र माताशक्तिको विवाह सम्पन्न भएको थियो ।

शिवलाई पूजा गर्ने सामग्रीहरु

महाशिवरात्रिको दिन पूजा गर्ने सामग्रीहरु निम्नानुसार छन् :

शमीको पात, वास्नादार फूलहरु, वेलपत्र, धतुरो, भांग, बेल, आम्रमन्जुरी, जौको बाला, तुलसीको दल, गाईको काँचो दूध, उखुको रस, दही, घीउ, मह, गंगाजल, जल, कपूर, धूप, दियो, रुवा, चन्दन, पञ्चफल, पञ्चमेवा, पञ्चरस, सुगन्ध, जनै, पञ्चमिठाई, शिव र पार्वको श्रृंगारका सामग्रीहरु, दक्षिणा, पूजाका थालहरु आदि ।

महाशिवरात्रि ब्रतसम्बन्धी पौराणिक कथा

प्राचीन कालमा चित्रभानु नाम गरेका शिकारी थिए । जनावरहरुलाई मारेर परिवार पाल्नु उनको जीवनचर्या थियो । उनले साहुसँग कर्जा लिएका थिए तर बेलामा चुक्त गर्न नसकेपछि रिसाएका साहूले एकदिनउनलाई शिवमठमा बन्दी बनाएर राखे ।

संयोगको कुरा, त्यस दिन शिवरात्रि थियो । बन्दी अवस्थामा रहेका शिकारीले ध्यानमग्न भएर शिवसम्बन्धी धार्मिक कुराहरु सुने ।

बेलुकी साहुले फेरि उसलाई ऋण चुक्ता गर्नेबारे कुरा गरे । शिकारीले भोलि सबै ऋण चुक्ता गर्ने शर्तमा मुक्ति पाए ।

भोकले आकुलव्याकुल शिकारी शिकारको खोजीमा जंगल गए । दिनभरि कोशिश गर्दा पनि उनले शिकार फेला पार्न सकेनन् । शिकारकै खोजीमा घरबाट निक्कै टाढा पुगिसकेका थिए । अन्धकार भइसकेको थियो । त्यसैले एउटा पोखरी नजिकको रुखमा चढेर रात बिताउने सुर गरे ।

उनी चढेको रुख बेलको रुख थियो । त्यो रुखको फेदमा पातले ढाकिएर शिवलिंग छोपिएको थियो । रुखमा बस्न आफूले ठाउँ बनाउँदा उनले थाहा नपाइकनै केही पात झरेर शिवलिंगमा परेको थियो ।

एक पहर रात्रि भएपछि एउटा गर्भवती मृग उक्त पोखरीमा पानी पिउन आइन् ।

शिकारीले धनुषमा तीर हालेर जसै प्रहार गर्न खोजे, मृगले भनिन्, म गर्भवती छु । चाँडै बच्चा पाउने छु । तिमी एकै साथ दुईट जीवनको हत्या गर्दैछौं, यो ठीक होइन । म बच्चा पाउनेबित्तिकै तिमीसमक्ष हाजिर हुनेछु । त्यसपछि तिमीले मलाई मार ।

त्यो पोथी मृगको कुराले शिकारी अलमलमा पर्यो । उनले त्यो मृगलाई जान दियो । त्यो क्रममा उनको धनुषले लागेर केही बेलपत्रहरु खसेर तल शिवलिंगमा पर्यो । नजानिँदो ढंगले शिकारीको पहिलो प्रहरको पूजा सम्पन्न भएको थियो ।

केहीबेरपछि अर्को मृग त्यहाँ देखपर्यो । शिकारी खुसीले गदगद बन्यो । जसै त्यो मृग रुख नजिक आइपुग्यो, शिकारीले धनुवाण ताक्यो । त्यो देखेर मृगले भन्यो, हे शिकारी, म आफ्नी प्रियको खोजमा भौंतारिइरहेकी छु । म आफ्ना पतिलाई भेट्नेबित्तिकै तिमीसमक्ष हाजिर हुनेछु ।

मृगको कुरा सुनेर शिकारी पुनः अलमलमा पर्यो । त्यतिखेर रात्रिको आखिरी प्रहर थियो । शिकारीले त्यो मृगलाई पनि जान दियो । अघिल्लो पटकमा जस्तै यस पटक पनि धनुष तान्दा र राख्दा केही बेलपत्र खसेर शिवलिंगमा पर्यो । उसको दोस्रो प्रहरको शिवपूजन पनि नजानिकनै सम्पन्न भयो ।

केही बेरमा अर्को एउटा मृग आफ्ना बच्चाहरुलाई लिएर त्यहाँ देखापर्यो । यो शिकारीको लागि स्वर्णिम अवसर थियो । उनले धनुषमा वाण चढाएर जसै हान्न खोज्यो, मृगले भन्यो, हे शिकारी म यी बच्चाहरुलाई यिनको पितालाई जिम्मा लगाएर आउँछु । मलाई नमार ।

त्यो सुनेर शिकारी हाँस्यो र भन्यो, बल्लबल्ल फेला परेको शिकार कसरी छोडूँ ? म त्यस्तो मुर्ख छुइनँ । यसअघि पनि दुई पटक शिकार गुमाइसके । मेरा बच्चाहरु भोकले तड्पिइरहेका होलान् । म तिमीलाई मार्छु ।

त्यो सुने मृगले भन्यो, हे शिकारी, जसरी तिमीलाई तिम्रा बच्चाको ममताले सताइरहेको छ, त्यसरी नै मलाई पनि सताइहेको छ । त्यसैले हे शिकारी, मलाई विश्वास गर, म यी बच्चाहरुलाई यिनका पितालाई जिम्मा लगाएर तुरुन्तै फर्कने प्रतीज्ञा गर्छु ।

मृगको कुरा सुनेर शिकारीमा दया जाग्यो । उसले त्यो मृगलाई पनि जान दियो । भोकको सुरमा व्याकुल शिकारीले बेलको पात टिप्दै तल फ्याँक्दै गयो । बिहान हुनै लाग्दा एउटा मोटोघाटो मृग त्यहीबाटो भएर आयो । यस पटक पनि उनले घनुषमा बाण चढाएर हान्नै आटेका थिए, त्यो मृगले भन्यो, हे  शिकारी, तिमीले यसअघि यताबाट गएका मृग र तिनका ससाना बच्चाहरुलाई मारेका हौ भने मलाई पनि तुरुन्तै मार ताकि मैले उनीहरुको वियोग सहनु नपरोस् । म ती तीन मृगका पति र ती बच्चा मृगहरुको पिता हुँ । तिमीले उनीहरुलाई मारेका छैनौं, जीवनदान दिएका छौ भने मलाई पनि केही बेरको लागि जीवनदा देऊ, म उनीहरुलाई भेटेर आफैं तिमीसमक्ष उपस्थित हुनेछु ।

त्यो सुनेर शिकारीको दिमागमा अघिल्ला घटनाक्रमहरु चलचित्रका भाँती देखापर्यो । उनले सबै कथा मृगलाई सुनाए । त्यो सुनेर मृगले भन्यो, मेरा तीनवटै पत्नीहरु जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युबाट उनीहरुले आफ्नो धर्मको पालना गर्न सक्ने छैनन् । अतः जसरी तिमीले उनीहरुलाई विश्वास गरेर छाडिदिएका छौ, मलाई पनि छाडिदेऊ । म उनीहरुलाई सबैलाई लिएर तिमीसमक्ष चाँडै उपस्थित हुनेछु ।

मृगको त्यो टीठलाग्दो कुरा सुनेर शिकारीलाई दया लाग्यो । उनले त्यो मृगलाई पनि जान दियो ।

बिहान भयो । उपबास, रात्रि जागरण तथा शिवलिंगमा बेलपत्र चढाएका कारण नजानिकनै शिकारीले शिवरात्रिको पूजा गरे । उनले अनजानमा गरेको त्यो पूजाको फल पनि तत्कालै प्राप्त भयो । उनको हिंस्रक मन निर्मल भयो । उनमा भगवानको शक्तिको वास भयो ।

केहीबेरमै त्यो भाले मृग सपरिवार शिकारी समक्ष उपस्थित भयो र आफूहरुलाई मार्न अनुरोध गर्यो । जंगली पशुहरुमा त्यस्तो सत्यता, सात्विकता र सामुहिक प्रेम भावना देखेर शिकारीलाई अति ग्लानि भयो । उसले त्यो मृगको परिवारलाई जीवनदान दिए ।

अनजानमै शिवरात्रिको ब्रतको पालना गरेका कारण शिकारीलाई मोक्ष प्राप्त भयो । उनको मृत्युकालमा यमराजका दूतहरु उनको आत्मालाई लिन आए । त्यसैबेला शिवका दूतहरु पनि आएर यमदूतहरुलाई रोके । उनीहरुले त्यो शिकारीलाई सशरीर शिवलोक गरे ।

स्रोत: एनडीटीभी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.