शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोरीको आरोपमा दलित युवामाथि कुटपिट, गुप्ताङ्गमा पेट्रोल हालियो

शुक्रबार, ०९ फागुन २०७६, ०८ : ५१
शुक्रबार, ०९ फागुन २०७६

राजस्थानको नागौर जिल्लामा चोरी गरेको आरोपमा दुई दलित दाजुभाइलाई बर्बर तरिकाले पिटेको र गुप्ताङ्गमा पेट्रोल हालेको भिडियो बाहिर आएको छ । यो घटना गत फेब्रुअरी १६ मा पाँचौडी क्षेत्रमा भएको हो ।

भिडियो भाइरल भएपछि प्रहरीले पीडित युवकहरुलाई सम्पर्क गरी ७ आरोपीहरु विरुद्ध मुद्दा दर्ता गरेको छ । यस मामिलामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ भने २ जना फरार रहेका छन् । काँग्रेस नेता राहुल गान्धीले यस घटनालाई भयावह बताएका छन् ।

प्रहरीका अनुसार दुई दाजुभाइ आफ्नो मोटरसाइकल सर्भिसिङका लागि वर्कसपमा पुगेका थिए । त्यहाँ उनीहरुमाथि काउन्टरबाट पैसा चारेको आरोप लगाउँदै कुटपिट गरिएको थियो । उनीहरुमाथि पेटी, मुक्का र लात्ता बर्साइएको थियो । त्यसपछि आरोपीहरुले पेचकसमा पेट्रोल भिजाइएको कपडा बाँधेर गुप्ताङ्गमा छिराएका थिए ।

करिब डेढ घण्टा कुटपिट गरेपछि आरोपीहरुले पीडितका दुई छिमेकी युवाहरुलाई फोन गरेर उनीहरुलाई त्यहाँबाट लैजान भनेका थिए । त्यसपछि पीडितका दाई त्यहाँ पुगेर दुवैजनालाई अस्पतालमा भर्ना गराएका थिए ।

प्रहरीले यस घटनामा हडमान, रघुवीर, आईदान, छैल र रहमतुल्लालाई पक्राउ गरेको छ । उनीहरु सबै पाँचौडी क्षेत्रमा बस्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप