शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टेलरले रचे कीर्तिमान

शुक्रबार, ०९ फागुन २०७६, १२ : ४१
शुक्रबार, ०९ फागुन २०७६

न्युजिल्याण्डका ब्याट्सम्यान रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । 

टेलर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को तीनवटै फरम्याटमा शतक खेल खेल्ने पहिलो खेलाडी बने । टेलरले टेस्ट, एकदिवसीय र टी–२० मा सय खेल खेल्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका हुन् । 

घरेलु मैदानमा शुक्रबारदेखि सुरु भएको भारतविरुद्ध पहिलो टेस्ट खेलेसँगै टेलरको नाममा नयाँ कीर्तिमान बनेको छ । भारतविरुद्ध टेलरको सयौं टेस्ट खेल हो । सन् २००६ मा एकदिवसयी र टी–२० मा डेब्यु गरेका टेलरले त्यसको एक बर्षपछि टेस्ट खेलेका थिए । 

यस्तै टेस्टको पहिलो खेलमा पाहुना टोली भारतले खराब सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा पाँच विकेट गुमाएर एक सय २२ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप