मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दस जनालाई नइ पुरस्कार दिने घोषणा

शुक्रबार, ०९ फागुन २०७६, १४ : ५०
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका १० जनालाई  २०७६ सालको पुरस्कार दिने घोषणा गरेको छ । नइ प्रकाशनले चिकित्सा क्षेत्रका सुविख्यात  डा.गौरीशङकरलाल दासलाई ‘नइ भावि पुरस्कार’, राष्ट्रियता प्रबर्द्धनका लागि मानक राष्ट्रिय झन्डाका निर्माता इन्जिनियर शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’ महासमालोचक प्राडा वासुदेव त्रिपाठीलाई ‘नइ ईश्वर बराल पुरस्कार’ र अन्तर्राष्ट्रिय स्तरको अभिनय गरी नेपालीहरूको प्रतिष्ठा बढाएवापत, मनीषा कोइरालालाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यसैगरी जनचेतनाका लागि हास्यव्यङ्यमार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत मदनकृष्ण श्रेष्ठ तथा हरिवङ्श आचार्य (मह जोडी) लाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, आधुनिक मोतीराम भट्टका रूपमा प्रसिद्ध झापाका चूडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’, हिन्दूधर्म र संस्कृतिका अभियन्ता, लेखक तथा चिन्तक प्राडा सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’, सुप्रसिद्ध सङ्गीतकार, गायक तथा गीतकार प्रा.दीपक जङ्गमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकामा रहेर सङ्गठनात्मक तथा सिर्जनात्मक रूपमा नेपाली भाषा साहित्यमा समर्पित श्रीमती गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यी सबै पुरस्कारको राशी जनही एक लाख रुपियाँ रहेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो । शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उनकै हातबाट आगामी वैशाख ३० गते काठमाडौंमा पुस्कारहरु वितरण गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप