नेकपाको कार्यदलले तयार पार्यो एमसीसी प्रतिवेदन
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारीसहित गठन गरेको कार्यदले प्रतिवेदन तयार पारेको छ ।
शुक्रबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा करिब साढे पाँच घण्टासम्म बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पारेको हो । वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित कार्यदलले सम्भव भएसम्म साँझसम्ममा पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
कार्यदलका सदस्य रावलले प्रतिवेदन तयार भएको जानकारी दिए । ‘सम्भव भएसम्म आजै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी छ,’ उनले भने । प्रतिवेदनमा के कस्ता सुझाव छन् भन्नेबारे उनले खुलाएनन् । ‘त्यो प्रतिवेदन पार्टीलाई बुझाइने हो,’ उनले भने, ‘अहिले भनिहाल्न उचित होइन ।’ नेकपा केन्द्रीय समिति बैठकले एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस
-
मोहित शर्माको नामसँग जोडियो यो खराब कीर्तिमान
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल