शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टेनिस टोली इन्डोनेसिया प्रस्थान

शुक्रबार, ०९ फागुन २०७६, १७ : ३५
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौँ । आईटीएफ जुनियर डेविस कप तथा फेड कपमा सहभागी हुन ६ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ । 

फेब्रुअरी २२ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष खेलाडीमा निहाल जंगबहादुर थापा, प्रसिद्ध मोक्तान र निश्चल कायश्थ तथा महिलामा रायना शाह, इशाश्री शाह र सिरिष्ता राई रहेका छन् । प्रशिक्षकमा कृष्णराज घले छन् । घले आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपका लागि जकार्तामै छन् ।

पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । टोलीलाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले शुक्रबारै सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप