बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनको छिङहाई प्रान्तका कोरोना सङ्क्रमित सवै बिरामी घर फिर्ता

शुक्रबार, ०९ फागुन २०७६, १९ : ३७
शुक्रबार, ०९ फागुन २०७६

एजेन्सी । चीनको एउटा प्रान्तका सवै कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ ।   देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् । 

शुक्रबार विहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । अहिले यस प्रान्तका कुनै पनि अस्पतालमा कोरोना सङ्क्रमितहरू नरहेको पनि उनीहरूले दावी गरेको समाचारमा जनाइएको छ । 

उनीहरूले सङ्क्रमण भएका ४३७ जना निरन्तर सम्पर्कमा रहेको ३३ जनालाई चिकित्सकीय निगरानीमा राखिएको पनि जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप