सडकको गुणस्तरमा ध्यान दिन मन्त्री बस्नेतको निर्देशन
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मध्यपहाडी लोकमार्गको निरीक्षण गरेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छेडाचौरदेखि छेडागाड नगरपालिका–३ दशेरासम्म निरीक्षण गरिएको हो । सडक सञ्जालको कच्ची मार्गसँग जोडिएको पश्चिम जाजरकोटमा मन्त्री बस्नेतले मध्यपहाडी लोक मार्गका साथै जाजरकोट–जुम्ला जोड्ने सडकको निरीक्षणसमेत गरिएको छ ।
मन्त्री बस्नेतको सडक निर्माण तथा विद्युतीकरण चुनावी नारा रहेको थियो ।अहिले मध्यपहाडी लोकमार्गको सडक निर्माण तीव्र बनाएको समयमा मन्त्री बस्नेतको स्थलगत निरीक्षण तथा स्थानीय जनताको गुनासो सुन्दै आएका छन् ।
सङ्घीय सरकारबाट छुट्याइएको रकम र स्थानीय तथा प्रदेश सरकारबाट विनियोजन गरिएको बजेटबाट प्रतिफल अर्थात् नतिजासमेत विश्लेषण गर्न मन्त्री बस्नेत यहाँ पुगेको बताए ।
मन्त्री बस्तेतलाई स्थानीयवासीले सडकको गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए । कच्ची सडक छिटो पिच गरी व्यवस्थित बनाउनसमेत आग्रह गरेका छन् ।
अनुगमण तथा निरीक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्ण शान्ति तथा पुनर्निर्माणमन्त्री सत्य पहाडी, राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठ, प्रदेशसभा सदस्य करवीर शाहीको समेत सहभागीता रहेको छ ।
प्रजिअ जनकराज पन्तलगायत जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखलाई सडक अनुगमणमा सहभागी गराएको छ । जिल्लाको विकास निर्माणमा ध्यान दिन र जनताको गुनासो तत्काल सुनुवाइ गर्न मन्त्री बस्नेतले सरकारी निकायलाई निर्देशनसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण
-
नेपालका कुनैपनि उद्योगले कच्चा पदार्थ विदेशमा लैजान सक्ने
-
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
-
पाँच दलको साझा सङ्कल्प : निराशा चिर्ने, भरोसा जगाउने
-
बाबुराम पक्षले गरेको निर्णय महिन्द्र पक्षद्वारा अस्वीकार, प्रदेश इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकियो
-
सारा अली खानसँग विक्रान्त मैसीले किन मागे माफी ?