मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरसका बिरामीका लागि चीनको वुहानमा फेरि बन्यो चार हजार शैयाको नयाँ अस्पताल

शुक्रबार, ०९ फागुन २०७६, २३ : २७
शुक्रबार, ०९ फागुन २०७६

एजेन्सी । चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा रहेको एउटा कारखानालाई करिब चार हजार शैयाको अस्पतालको स्वरूप दिई सङ्क्रमितहरूलाई सेवा दिन लागिएको चीनले शुक्रबार जानकारी गराएको छ ।

कूल तीन हजार ६९० सीट क्षमताको उक्त अस्पतालको निर्माण पूरा भै बिहीबार परीक्षण भैसकेको निर्माणमा सम्लग्न एक कम्पनीले बताएको छ । अस्पताल ५४ हजार वर्ग किलोमिटरमा फैलिएको छ ।

कम्पनीका प्रमुख लि यिछानले कारखानालाई अस्पतालको स्वरूप दिँदा अस्पताललाई वातानुकूलित, बनाइएको छ । अस्पतालमा नुहाउने कोठाहरू र मोबाइल शौचालय, पुस्तकालय, मनोरञ्जन क्षेत्र र बिरामीहरूका लागि खाजाघर राखिएका छन् ।  

कोरोनाभाइरसको प्रकोपबीचमा शैयाको अभावपछि वुहानले जिम, सम्मेलन केन्द्र वा प्रदर्शनी केन्द्रहरूलाई १२ वटा अस्थायी अस्पतालमा रूपान्तरण गरिसकेका छ । ती अस्पलालहरूको कूल २० हजार शैयाबाट प्रायः कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा त्यहाँ पुगेका बिरामीहरूलाई सेवा दिइदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप