शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा फतुवा बिजयपुरको तेस्रो नगरसभा दोस्रोपटक पनि स्थगित

शनिबार, १० फागुन २०७६, १० : ४७
शनिबार, १० फागुन २०७६

रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिकाको भोलि हुने भनिएको तेस्रो नगरसभा दोस्रो पटक पनि स्थगित भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलि हुने भनिएको तेस्रो नगरसभा अबैधानिक ठहर गर्दै रोक्का गर्न नगरपालिकामा लिखित पत्र पठाएपछी तत्कालको लागी स्थगित भएको हो ।

निमित्त कार्यकारी अधिकृतका रुपमा रहेका चन्द्रकिशोर साहले गरेको निर्णय कार्वान्वयन नगर्न र कार्यपालिका बोर्डको बैठक अनुसार अर्को मितिमा नगरसभा गर्न मन्त्रालयले पत्र पठाएको हिजोमात्र हाजिर भएका प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले जानकारी दिएका छन् ।

फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादवले उच्च अदालत बिरगंजले फागुन १० गते सम्म तेस्रो नगरसभा गर्न दिएको आदेश अनुसार भोलिको लागि तयारी गरेको थिए ।

हिजो एक्कासी सामान्य प्रशासन मन्त्रालयले नगरसभा नगर्न पत्र पठाएकाले सो बारे बिस्तृत जानकारी गराउन पत्रकार सम्मेलन गर्ने तयारी गरीरहेको मेयर यादवले बताएका छन ।

भोलि तेस्रो नगरसभा स्थगित भएकाले आउने होलीमा पनि नगरक्षेत्रका शिक्षक कर्मचारी आउने होलीमा पनी तलब खानेमा शंका उत्पन्न भएको छ ।

यस अघि मेयर यादवको अगुवाईमा गत पुस ११ गते फतुवा बिजयपुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको थियो ।

तर, उपमेयर कान्तीदेवी महतोले मेयर यादव एकलौटी गरेको भन्दै लिखित उजुरी दिएपछी उच्च अदालतले तेस्रो नगरसभा बदर गरेको थियो ।

मेयर यादव र उपमेयर महतोबीचको असमझदारीका कारण गत अषाढ मसान्तमा हुनुपर्ने तेस्रो नगरसभा हालसम्म पनि हुन नसकेको कारण नगरपालिकाको सम्पुर्ण विकास निर्माणको काम ठप्प भएको छ।

नगरक्षेत्र अन्तरगतका सैयौं शिक्षक कर्मचारी गत साउन देखी हालसम्म तलव पाउनसकेका छैन।

बिधालयहरुमा रकम निकासा नहुँदा नगरक्षेत्रका अधिकांस बिधालयका बालबालिकाहरु दिवाखाजा बाट समेत बञ्चित भएको नगरशिक्षा संयोजक बुनिलाल यादवले बताए ।
यादवका अनुसार गत साउन देखी हालसम्म शिक्षक,स्वास्थकर्मी,कृषी कर्मचारी तथा नगरपालिकामा रहेका करार कर्मचारीले गरी चारकरोड भन्दा बढी तलब पाउनुुपर्ने बताएका छन् ।

तलब नपाएर कर्मचारीहरुलाई दैनिकि चलाउन छोरा छोरीको पढाईका लागी बाहिर रकम पठाउन समस्या भईरहेको बताउदै आएका छन् ।

तलबको माग गर्दै यसअघि शिक्षक र कर्मचारीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर आन्दोलन समेत गर्दा हालसम्म कुनै उपलब्धि हुनसकेको छैन ।

स्रोतका अनुसार मेयर गोपाल यादव र उपमेयर कान्तीदेवी महतो मिलेर नगरसभा गराउन खोजे पनी बिचौलियाहरुल्ो आफनो फाईदाको लागी मिल्न नदिएर भाँडभैलो गर्दैआएको जानकारहरुले टिप्पनी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप