शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिया खानको प्रेम, धोका र तनावपूर्ण ‘सुसाइड नोट’, ‘सधैं गर्भवती हुने डर थियो...’

शनिबार, १० फागुन २०७६, ११ : ५४
शनिबार, १० फागुन २०७६

एजेन्सी : बलिउडमा उदाउँदै गरेकी जिया खानले २५ वर्षकै उमेरमा आत्महत्या गरिन् । उनले आत्महत्या गरेको सात वर्ष पुगिसकेको छ । तर, अझै पनि उनको आत्महत्याको विषयले बलिउडमा चर्चा पाउन छोडेको छैन ।

उनले २०१३ को जुन ३ मा आफ्नो घरको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनको मृत्युको पछाडि सूरज पंचोलीको नाम जोडिएको थियो । जियाको परिवारले सुरजका कारण उनले आत्महत्या गरेको आरोप लगाएको थियो । 

उनको आत्महत्यापछि प्रहरीले सुरजलाई पक्राउ गरेको थियो । लामो समयसम्म सुरजको मुद्दामा सुनुवाई भइरहेको भए पनि कुनै पनि नतिजा नआएपछि जियाको परिवार अदालतमा उपस्थित हुन छोडेको छ । 

के थियो उनको ‘सुसाइड नोट’
‘थाहा छैन, तिमीसँग यो कुरा कसरी भनुँ । तर अब गुमाउनको लागि केही बाँकी छैन । त्यसैले सबैकुरा खुलाउने समय आएको छ । यसै पनि मैले सबै कुरा गुमाइसकेकी छु । जब तिमी यो पत्र पढिरहेको हुनेछौँ त्यतिबेला सम्म म यो दुनियाँ छोडेर गइसकेको हुनेछु वा जाने तयारीमा हुनेछु । म भित्रभित्रै टुक्रिइसकेकी छु । तिमीलाई त यसको बारेमा अन्दाज पनि छैन । तर ममा तिम्रो असर यस्तो परेको थियो कि तिम्रो प्रेममा यसरी पागल भएँ कि आफैलाई बिर्सिन थालेँ । तिमीले मलाई तड्पाइरह्यौँ । सधैँ पीडा दियौँ । अब त मैले मेरो जीन्दगीमा उज्यालोको एक धर्का पनि देख्न छोडिसकेँ । ..............सधैँ गर्भवती हुने डर भइरहन्थ्यो । तर पनि म तिम्रो लागि सबै सुम्पिदिन्थेँ  । तर यसको बदलामा तिमीले मलाई सधैँ दुख र पीडा दियौँ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप