शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्यारासाइट’ले ओस्कार जितकोमा डोनाल्ड ट्रम्पले गरे विरोध

शनिबार, १० फागुन २०७६, १२ : ४५
शनिबार, १० फागुन २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले ओस्कारमा ‘उत्कृष्ट फिल्म’को सम्मान पाएकोप्रति असन्तुष्टि जनाएका छन् । 

समाजमा धनी र गरिबबीच रहेको खाडलमाथिको डार्क सटायर फिल्म ‘प्यारासाइट’ले ओस्करमा उत्कृष्ट फिल्म घोषित भएको थियो ।

फिल्म उक्त उपाधी जित्ने पहिलो विदेशी भाषाको फिल्म हो । ‘प्यारासाइट’ले ओस्कारमा उत्कृष्ट निर्देशकसमेत अन्य तीन विधामा पनि पुरस्कार जितेको थियो । 

‘ओस्करको उत्कृष्ट फिल्मको उपाधी दक्षिण कोरियाली फिल्मले जित्यो । दक्षिण कोरिया र हामीबीच व्यापारमा यति धेरै समस्या छन् । अनि एकेडेमी भने तिनका फिल्मलाई वर्षको उत्कृष्ट फिल्मको उपाधी दिएर बसेको छ ,’ आफ्ना हजारौं समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भने । 

प्यारासाइटको विरोध गर्ने क्रममा ट्रम्पले हलिउडको क्लासिक फिल्म ‘गन विद द विण्ड’जस्ता फिल्मले पुरस्कार पाउनुपर्ने बताए ।

अमेरिकी गृहयुद्धको विषयलाई समेटेको ‘गन विद द विण्ड’ले असी वर्षअघि ओस्करमा उत्कृष्ट फिल्म उपाधी जितेको थियो । 

सम्बोधनमा ट्रम्पले अभिनेता ब्राड पिटको पनि आलोचना गरे । ‘ओन्स अपन टाइम इन हलिउड’बाट उत्कृष्ट सहायक अभिनेताको ओस्कार जितेका पिटले पुरस्कार ग्रहण गर्दा ट्रम्पप्रति व्यङ्ग गरेका थिए । 

‘यहाँ मैले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले ट्रम्पको सिनेट महाअभियोग सुनुवाईमा बोल्न पाएको समयभन्दा बढी बोल्न पाइको छु ,’ पिटनले भने ।

पिटले ट्रम्पको महाअभियोग सुनुवाईका क्रममा ट्रम्पलाई सघाउन रिपब्लिकनको बहुमत रहेको सिनेटले गरेको उक्त कार्यको टिप्पणी गरेका थिए । 

‘म कहिले पनि मन्दबुद्धिको ब्राड पिटको प्रशंसक थिइँन ,’ ट्रम्पले पिटबारे भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप