शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाले बोलायो सचिवालय बैठक, गोकुल प्रकरण र एमसीसीबारे छलफल हुने

शनिबार, १० फागुन २०७६, १४ : ३३
शनिबार, १० फागुन २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक शनिबार बस्दैछ  । अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बस्न लागेको हो । 

बैठकमा सुशासनको सवालमा पार्टीभित्र देखिएको विचलनका साथै एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुनेछ । 

नवलपरासीमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने जानकारी दिँदै यससहित एमसीसीको विषयमा पनि सचिवालय बैठकमा छलफल हुने बताए । 

उनले भने, ‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ अनुसन्धान गहिर्याउनु पर्ने र दोषीलाई कारबाहीको कठघरासम्म पुर्याउनै पर्ने र एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ ।’ निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा करोडौँको कमिसनमा मुर्छिपनि नेकपाभित्र आर्थिक अनुशासनको विषयमा चर्को बहस सुरु भएको छ । 

नेकपाले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलले शुक्रबार अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप