गुल्मीमा एक युवाको योजनाबद्ध ढंगले हत्या गरिएको परिवारको दावी
गुल्मी । शुक्रवार बिहान गुल्मीको बिरवासमा मृत अवस्थामा फेला परेको एक युवाको योजनाबद्ध ढंगले हत्या गरिएको परिवारजनले दावी गरेका छन् ।
शुक्रवार बिहान करिव ५ बजेको समयमा गुल्मीदरवार गाउँपालिका वडा नम्वर ४ बिरवासको अरकडाँडा कच्ची सडकको खोल्सा नजिकै रक्ताम्मे अवस्थामा स्थानीय ३३ बर्षीय सन्तोष भनेर चिनिने मोहनप्रसाद चुँदालीको शव फेला परेको थियो ।
टाउकोमा गम्भीर चोट लागेको र रगतपच्छे भएको अवस्थामा शव फेला परेको थियो ।
मृतक चुँदालीकी श्रीमति सरस्वतीले आफ्नो श्रीमानको योजनावद्ध ढंगले हत्या भएको हुन सक्ने भन्दै छानबिनको माग गरेकी छिन् ।
श्रीमानको हत्या नै भएको भन्दै श्रीमति सरस्वती चुँदालीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । प्रहरीले शुक्रवार विष्णुबहादुर कँडेल र स्थानीय होटल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै