शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीप लामिछानेद्वारा धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग

शनिबार, १० फागुन २०७६, १६ : ४९
शनिबार, १० फागुन २०७६

क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेका छन् । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उनले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गरेका हुन् । 

सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका थिए । उनले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गरेका थिए । 

सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिएका थिए । सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरिएको हो । सन्दीप रङ्गशाला निर्माणका सद्भावनादूतसमेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप