बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माडी नगरपालिका १ का जनप्रतिनिधि आमरण अनसनमा, काँग्रेसको  ऐक्यवद्धता

शनिबार, १० फागुन २०७६, १६ : ५१
शनिबार, १० फागुन २०७६

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले  ४ दिनदेखि आमरण अनसनरत चितवनको माडी नगरपालिकाका स्थानीयवासीको जाय मागबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरि अनसनरत पक्षका मागलाई पूरा गर्ने दिशामा तत्काल प्रकृया सुरु गर्न सम्बन्धित निकायलाई आग्र गरेका हुन् । 

अनसन तर पक्षले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सम्बन्धी ऐन २०२९ को विनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचौं संशोधन नियमावली २०७६ ले माडी जस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसक्ने भन्दै मानव अधिकारसहितको संरक्षणका लागि पुनः संशोधन हुनु पर्ने माग राखेको छ ।

यस्तै बाँदरझुला र अमिलियामा बसोबास गरिरहेका नागरिकको उचित व्यवस्था गरिनु पर्ने, मानव वन्यजन्तु द्वन्द निवारणका लागि ठोस रुपमा वन र वस्तीबीच बैज्ञानिक संरचना बनाउनु पर्ने, उत्तरी सीमामा पर्ने रीउखोला कोरीडोरको निर्माण व्यवस्थित गरिनुपर्ने र लागत तथा उत्पादनको आधारमा वालीको क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने  उनीहरुको माग छ । 

कसरादेखि वनकट्टा साथै वगहीदेखि बाँदरझुलासम्म बाटो स्तरोन्नती गरि चौविसै घण्टा खुला राख्नु पर्ने, माडी नगरपालिकालाई कृषि पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना ल्याउनुपर्ने र प्राकृतिक स्रोत साधनमा पूर्ण रुपमा स्थानीय तहको अधिकार हुनुपर्ने अनसनतर पक्षका मागहरु जायज भएको भन्दै काँग्रेसले सम्बधित निकायलाइृ सम्बोधनकाख लागि आग्रह गरेको छ । 

उक्त माग विभिन्न ढंगले पटक–पटक उठाउँदा पनि पूरा नगरिएपछि माडी नगरपालिकाका वडा नं १ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, वडा सदस्यहरु शिवबहादुर कार्की र अमिता लामाले फागुन ७ गतेदेखि वडा कार्यालय अगाडि आमरण अनसनमा छन् ।

उनीहरुको स्वास्थ्य स्थिति क्रमशः जटिल बन्न शुरु गरेको विज्ञप्तिमा उल्लेख छ । माडी बासीका मागप्रति ऐक्यवद्धता जनाउँदै वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न तथा अनसनरत व्यक्तिहरुको जीवन रक्षार्थ यथाशीघ्र पहलका लागि काँग्रेसले सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप