जन्मदिन मनाउन प्रधानमन्त्री ओली भोलि तेह्रथुम जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । प्रधानमन्त्री ओली आइतबार (फागुन ११ गते) परेको ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घर जान लागेको बालुवाटार स्रोतले जनाएका छन् ।
ओलीको जन्मघर आठराई गाउँपालिका–४ (साविकको इवा गाविस–२ स्थित तीनसल्ले खानीगाउँ) मा पर्दछ ।
त्यही घरमा ओलीको जन्म भएको थियो । उनको बाल्यकाल र किशोरावस्था त्यही घरमा बितेको थियो भने पछि उनको परिवार झापा बसाइँ सरेको हो । ओलीले सो पुरानो घर दशैँअघि पुनर्निर्माण गर्न लगाएका थिए ।
ओलीलाई सो घरको माया कति रहेछ भन्ने जन्मदिन त्यहीँ मनाउन जानुले पुष्टि गर्छ । जन्मदिनको अवसरमा ओलीको घरमा तेह्रथुम जिल्ला पार्टी कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
हालै सेक्युरिटी प्रेस खरिद प्रकरणमा गोकल बाँस्कोटा मुछिएपछि नेकपा र सरकारमाथि नै आक्षेप लाग्नेगरी टिकाटिप्पणी भइरहेका बेला यसबारे पनि प्रधानमन्त्रीले स्पष्ट पार्ने बताइएको छ ।
यसो त शनिबार नै प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ । सो पुस्तक राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान