केन्द्रीय संस्करण
समाचार

ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार प्रहरी घाइते

person explore access_timeफागुन ११, २०७६ chat_bubble_outline0

रौतहट : रौतहटमा ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् ।

गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो । चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक सन्तुलन नभएकी एक महिलालाई बचाउने क्रममा ट्रकले सन्तुलन गुमाउँदा प्रहरी भ्यानसँग ठोक्किएको बताइएको छ ।

दुर्घटनामा गौर बसपार्कका इन्चार्ज प्रहरी नायव निरीक्षक मनोज सिंह र मठिहा प्रहरी चौकीका इन्चार्ज गौविन्द यादव गम्भीर घाइते भएका छन् । उनीहरु दुवैलाई चन्द्रनिगाहपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

यस्तै प्रहरी नायव निरीक्षक हृदय यादव र प्रहरी जवान सरोज यादव सामान्य घाइते भएका छन् । उनीहरुले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गौरक प्रवक्ता डिएसपी नविन कार्कीले रातोपाटीलाई जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.