शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीबाट स्यान्डर्स अगाडि

आइतबार, ११ फागुन २०७६, १० : ४१
आइतबार, ११ फागुन २०७६

आसन्न अमेरिकी राष्ट्रपतीय चुनावका लागि उम्मेदवार बन्ने दौडमा डेमोक्रेटिक पार्टीबाट बर्नी स्यान्डर्सले आफूलाई डोनाल्ड ट्रम्पको प्रतिद्वन्द्वीको रुपमा अग्रस्थानमा उभ्याएका छन् । नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति पदको चुनावका लागि पार्टीबाट भइरहेको उम्मेदवारहरुको छनौटमा नभाडाको ककसमा जीत हासिल गर्ने संकेतसँगै स्यान्डर्स अग्रस्थानमा देखिएका हुन् ।

सुरुवाती नतिजाबाट स्यान्डर्सले ठूलो जीत हासिल गर्ने देखिएको छ । यद्यपि, उम्मेदवार छनौटका लागि अझै लामो प्रक्रिया बाँकी नै छ । 

सुरुवाती नतिजामा पूर्व उपराष्ट्रपति जो बाइडेनले पनि यसअघि भोटिङ गरिएका अन्य दुई राज्यभन्दा नभाडामा राम्रो प्रदर्शन गरेका छन् । उनले लोवा र न्यु ह्याम्पसायरमा निराशजनक प्रदर्शन गरेका थिए ।

डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार छनौट गर्न चार महिना लामो प्रक्रिया पार गर्न पर्छ । यसमा उम्मेदवारका लागि दाबेदारी प्रस्तुत गर्नेहरुले मतदातालाई आश्वस्त पार्ने प्रयास गर्छन् ।

नभाडामा २२ प्रतिशत मत गन्दा स्यान्डर्सले ४७ प्रतिशत मत हासिल गरेका छन् भने बाइडेनले २३ प्रतिशत मत हासिल गरेका छन् ।

१५ प्रतिशतभन्दा मत ल्याउने उम्मेदवारले डेलिगेट्स छान्ने अवसर पाउँछन्, उनीहरुले आगामी जुलाईमा हुने पार्टीको सम्मेलनमा आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्न पाउनेछन् ।

शनिबारसम्म स्यान्डर्ससँग २१ डेलिगेट रहेको छ । जीतका लागि उनलाई कम्तिमा १९ सय ९० डेलिगेट आवश्यक पर्छ । नभाडाको जीतले उनलाई त्यसतर्फ एक कदम अगाडि बढाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप