बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरस : दक्षिण कोरियामा नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह

आइतबार, ११ फागुन २०७६, १२ : ४२
आइतबार, ११ फागुन २०७६

दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि दक्षिण कोरियामा रहेका नेपालीमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ । 

सिओलस्थित नेपाली दूतावासले आइबातर प्रेस विज्ञप्ति जारी गर्दै नोबेल कोरोनाभाइरस संक्रमणबाट जोगिन दक्षिण कोेरियाली सरकारको स्वस्थ्य निकायले जारी गरेको सुरक्षा उपायहरु लागू गर्न विज्ञप्तिमार्फत निर्देशन दिएको हो ।

नोबेल कोरोनाभाइरसको संक्रमण चीनको हुवे प्रान्तको वुहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिँदै गएको छ । हालसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण ४ सय भन्दा बढीमा फैलिसकेको छ ।


अवैध रुपमा बस्दै आएका कामदारलाई समेत कोरिया सरकारले केही पनि नगर्ने हुँदा कोरोना संक्रमणको शंका लागेमा उपचार गर्नका लागि अस्पताल जानसमेत दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यसैले दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै  कारियामा रहेका नेपालीलाई दूतावासले विज्ञप्ति जारी गरेर सतर्क रहन  आग्रह गरेको हो । दक्षिण कोरियाको थुगु आसपासको क्षेत्रमा कोरोनाभाइरस संक्रमित  रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस क्षेत्रमा रहेका नेपाली श्रमिक र विद्यार्थीलाई  सजकता अपनाउन सोलस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत निर्देशन दिएको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप