‘परदेशी–२’ को शुभमुहूर्त
काठमाडौं । फिल्म ‘परदेशी–२’को शुभमुहूर्त भएको छ । ललितपुरको कार्य विनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभमूर्हत गरिएको हो । सो अवसरमा फिल्मका कलाकार तथा निर्माण युनिटको उपस्थिति रहेको थियो ।
‘गोर्खा पल्टन’ र ‘परदेशी’ फिल्मका लेखक, निर्देशक नारायण रायमाझीले ‘परदेशी–२’ निर्देशन गर्न लागेका हुन् । आफुले सुरुदेखि समाजको बिषयमा फिल्म बनाउदै आएकोले ‘परदेशी–२’ पनि त्यस्तै बिषयमा बनाउन लागेको निर्देशक रायमाझीले बताए । उनले सकारात्मक परिवर्तनका लागि सन्देशमूलक फिलम आफुले दिने सुनाए । भने ‘नेपाली गाउँबस्ती रित्तिएको कथामा फिल्म बन्दैछ ।’
राजेश वंशल र नारायण रायमाझीको निर्माण रहने फिल्ममा प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने छ । फिल्ममा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको संगीत रहने छ ।
प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर रहेको फिल्ममा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन रहने छ ।
फिल्म पोखरा, पाल्पा,काठमाडौं, भारतको गोरखपुर र अमेरिकामा छायाँकन हुने कार्यक्रममा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा