बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुविसुले सुरु गर्यो १००जी अप्टिकल नेटवर्क

आइतबार, ११ फागुन २०७६, १६ : ०३
आइतबार, ११ फागुन २०७६

काठमाडौं–  केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले नोकियाको सहकार्यमा १००जी अप्टिकल नेटवर्कको कार्य बिस्तार गरेको छ । 

समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीको निम्ति सुबिसुले अत्याधुनिक सेवाको सुरुवात गरेको हो । यसबाट उपभोक्ताले आफ्नो व्याण्डवीथ १जीवीपीए सम्म विस्तार गर्न सक्नेछन् । यसको थालनीसँगै उपभोक्ताले हाई स्पिड इन्टरनेट र हाइ डेफिनिसन इन्टरनेट प्रोटोकलको सेवा लिन सक्नेछन् । 

नेपाल सरकारको ‘डिजिटल नेपाल’लाई लक्षित गर्दै सुरु गरिएको यस बिस्तारले सम्पूर्ण देशलाई नै सामाजिक एवं आर्थिक विकास तिर अग्रसर हुन टेवा पुर्याउने विश्वास लिइएको छ । 

देशको ११ वटा स्थानमा नोकियाको १८३० फोटोनिक सर्भिस स्विच, डेन्स वेभलेन्थ डिभिजन पल्टिप्लेक्सीङ तैनाथ गराइ सकिएको छ । यसबाट ग्राहकको बदलिदो मागलाई पुर्ती गर्नु सँगैसँगै सुविसुले १००जी सर्भिस प्रदान गर्न सक्नेछ । 

नोकियाका बिनिस बावाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्वपूर्ण कदम रहेको बताएका छन् । आफ्ना ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुविसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफूल प्राप्त गर्ने विश्वास लिइएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले यसको थालनी सँगै ग्राहकको बदलिदो मागलाई सजिलै सँग पूरा गर्न सकिने र आगामी दिनहरुमा पनि सेवा विस्तारमा कुनै समस्या नआउने उल्लेख गराएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप