ब्वाइजको विजयी सुरुवात
आइतबार, ११ फागुन २०७६, १६ : ३७
काठमाडौं । ब्वाईज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्स आइतबार देखि सुरु भएको उद्घाटन खेलमा ब्वाइजले श्री कुमारी क्लबलाई २–० गोलले हरायो । गरेको हो । ब्वाईजको जितमा वर्तमान राई र प्रदिप बोगटीले एक एक गोल गरे ।
३९ औं मिनेटमा वर्तमानले गोल गर्दै ब्वाईजलाई अग्रता दिला ७६ औं मिनेटमा प्रदिपले गोल गर्दै टोलीलाई जिताए । जितसँगै ब्वाईजले तीन अंक बनाएको छ । ब्वाईजका अरुण लिम्बु म्यान अफ दि म्याच चुनिए । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए । चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले भाग लिएका छन् । लिगको विजेता टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ । एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
-
केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा
-
लगानी सम्मेलन : प्रदेशका आयोजनाको पनि ‘शो केस’ मा राखिने
-
४९ रनमा आउट भए आयरल्यान्डका ओपनर पिटर मुर, आरिफ शेखले बोल्ड गरे
-
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री