टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
आइतबार, ११ फागुन २०७६, १८ : ३५
काठमाडौं । टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।
टर्की र ग्रिसमा आकर्षक तलब दिने प्रलोभनमा पारेर उनले विभिन्न समयमा ३२ जनाको रु ३९ लाख ५६ हजार ठगी गरेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पैसा लिएर फरार भएका उनलाई महाशाखाको टोलीले काठमाडौँको टेकुबाट पक्राउ गरेको थियो ।
आवश्यक अनुसन्धानपछि उनलाई थप कारवाहीका लागि आज वैदेशिक रोजगार विभागमा बुझाइएको महाशाखाले जनाएको छ । उनीविरुद्ध गोपीराम पराजुलीले माग १२ गते ठगीको उजुरी दिएको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने