मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा बस दुर्घटना हुँदा निधन भएका नेपालीहरुप्रति काँग्रेसद्वारा दुःख व्यक्त

आइतबार, ११ फागुन २०७६, १९ : ५७
आइतबार, ११ फागुन २०७६

नेपाली काँग्रेसले तीर्थयात्राका लागि भारत गएका छ जना नेपाली बस दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ ।

तीर्थयात्राका लागि भारत गएका कम्तीमा छ जना नेपालीको यही फागुन ८ गते भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा मृत्यु भएको र केही गम्भीर घाइते भएका थिए ।

उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै काँग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्तिमा दुर्घटनामा जीवन गुमाएकाहरुको शव सहजरूपमा स्वदेश ल्याउने प्रबन्ध गर्न र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप