मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको स्वागत तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रपति

आइतबार, ११ फागुन २०७६, २२ : २८
आइतबार, ११ फागुन २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यामा नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गीअड्डामा आज साँझ आयोजित स्वागत तथा सांस्कृतिक कार्यक्रममा सरिक भएकी छिन्  ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली,  सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत उपस्थित रहेका थिए । संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको पनि समारोहमा उपस्थिति थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप