शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चौथोपटक मन्त्रिमण्डल हेरफेर हुँदै : काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री

सोमबार, १२ फागुन २०७६, ०७ : २७
सोमबार, १२ फागुन २०७६

सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्थ अगाडि बढाएका छन् । 

यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । 

सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए । 

उनका अनुसार यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्नेछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप