बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्टेजको आतिसबाजीले गायकको कपाल नै बल्यो, तर पनि गाउन छोडेनन्ः भिडियो भाइरल

सोमबार, १२ फागुन २०७६, ०७ : ४५
सोमबार, १२ फागुन २०७६

अमेरिकाको डेट्राइट रक सिटीमा एक कार्यक्रमको क्रममा स्टेजमा प्रस्तुती दिइरहँदा आतिसबाजीका कारण एक गायकको कपालमा आगो लागेको छ । तर उनले गाउन भने छोडेनन् । स्टेजमा भएका मानिसहरु यो देखेर अचम्मित भए । यो घटना भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ ।

घटना सोमबारको हो । गायक बबी जेनसनले आफ्नो ब्यान्डसँग ‘किस’ क्लासिकल शो गरिरहेका थिए । यति बेला स्टेजमा गरिएको आतिसबाजीको एउटा झिल्को बबीको लामो कपालसम्म पुग्यो जसका कारण आगलागी भयो ।

बबीले भने, ‘त्यो मेरो सक्कली कपाल थियो’

आगो लागेको कपालको भिडियो हेरेपछि जेनसनले भने, ‘यो विग होइन, मेरो सक्कली कपाल थियो । तर अब यो जलिसकेको छ । अर्को कार्यक्रम अघि मैले यो कपाल कटाउँदा नै राम्रो होला ।’

किस ब्यान्डको अर्को प्रस्तुती २१ फेब्रुअरीमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप