शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गलत उमेर बताउँदा ट्रोल भइन् नायिका स्वरा भास्करः भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ’

सोमबार, १२ फागुन २०७६, ०९ : ००
सोमबार, १२ फागुन २०७६

डिबेट शोमा पुगेकी नायिका स्वरा भास्कर एक पटक पुनः आफ्नो बयानका कारण ट्रोल भइरहेकी छिन् । एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेटमा स्वराले एक प्रश्नको जवाफमा भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ ।’

उनको यो बयानपछि सोसल मिडियामा उनलाई लगातार ट्रोल गरिँदैछ । स्वरासँग नायक मोहम्मद जीशान अयूब र तिग्मांशु धूलियामा पनि उपस्थित थिए ।

नायिकालाई सोधिएको थियो, ‘सन् २०१० मा जब एनपीआरको प्रक्रिया सुरु भयो तब तपाईंलाई समस्या भएन ? ’ यसको जवाफमा स्वराले भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ ।’

त्यसपछि प्रयोगकर्ताले लगातार उनको मजाक उडाइरहेका छन् । ट्वीटरमा ३ःबतजझबतष्अष्बलक्धबचब ट्रेन्ड गरिरहेको छ । विकिपिडियाका अनुसार स्वराको जन्म ९ अप्रिल सन् १९८८ मा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप