सिरहामा कोरोनाभाइरसबारे सचेतना
सोमबार, १२ फागुन २०७६, १३ : ०२
सिरहा । गोलबजार नगरपालिकाका कोरोनाभाइरसबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा मेयर देवनाथ साहले सरसफाईप्रति सचेत रहन सके धेरै रोगबाट बच्न सकिने बताए ।
उनले छिमेकी देशमा देखिएको कोरोनाभाईरसले दुनियाँलाई नै आतङ्कित बनाएको भन्दै यसबाट बच्न सचेत रहँदै सरसफाईमा ध्यान दिनुपर्ने बताए ।
गोलबजार नगरस्वाथ्य कार्यालयको आयोजनामा भएको अन्तरक्रियामा स्वास्थ्य शाखाका प्रमुख सरोज कर्णले कोरोनाभाईरसबाट बच्न नियमित रुपमा साबुन पानीले हात धुने, रुघाखोकी तथा स्वासप्रस्वासका बिरामीको नजिक नजाने, खोक्दा वा हाछ्यूँ गर्दा मुख, नाक छोप्ने, मासु वा अण्डा खाँदा राम्रोसँग पकाएर खाने गर्नुपर्ने बताए ।
सोही क्रममा उनले रुघाखोकी वा फ्लूको जस्तो लक्षण देखिए जथाभावी औषधी नखाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी बढाउन रुसका उद्योगीलाई परिसंघको आग्रह
-
कतारका राजाले दिए नेपाल सरकार र जनतालाई धन्यवाद
-
भूमि व्यवस्था विभागका महानिर्देशकलाई मोसो दल्ने २ जना पक्राउ
-
‘मिलनविरुद्ध विरोधी राजनीतिक दलहरूले अफवाह फैलाए’
-
नीतिको विवाह २०२४ मा नहुने, यस्तो छ कारण
-
हिमालयन हाइड्रो एक्स्पोको तयारी सकियो, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने