शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा बाढीले कृषिमा ७८ करोडको क्षति

सोमबार, १२ भदौ २०७४, ११ : ३३
सोमबार, १२ भदौ २०७४

परासी - नवलपरासीमा बाढीले कृषि क्षेत्रमा करिब ७८ करोड रुपैयाँकोे क्षति पु¥याएको छ । बाढीले खतबारीमा लगाएको अन्नबाली नष्ट भएको छ । 

धानबाली, तरकारी र माछा पालनमा समेत बाढीले क्षति पु-याएको छ । दुई साता अगाडी बर्षा र स्थानिय खोलाको बाँध फुटेर गाउँगाउँमा पसेको बाढीको निकास हुन नपाएपछि खेतमै पानी जमेर अन्नबाली नष्ट भएको हो । 

सिमावर्ति प्रतापपुर, सरावल, सुस्ता र पाल्हीनन्द गरि ४ गाउँपालिकामा बढी क्षति भएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए । बाढीका कारण खाद्यन्य बालीमा ६७ करोड ८७ लाख ७३ हजार ३ सय ७५, तरकारीमा ४ करोड २६ लाख ५५ हजार १६६ र माछा

पालनमा ५ करोड १८ लाख ९० हजार ६ सय २५ रुपैयाँ बराबरको क्षति भएको छ । 
त्यस्तै सरावल गाँउपालिकामा २३ करोड ७८ लाख ६२ हजार ७ सय ३० रुपैयाँ बराबरको क्षति भएको छ भने प्रतापपुर गाँउपालिकामा ४ करोड २१ लख ३३ हजार ३ सय ३३, पाल्हीनन्दन गाँउपालिकामा २५ करोड ९२ लाख ५४ हजार ७ सय ५०, सुस्ता गाँउपालिका २४ करोड १ लाख ७५ हजारको क्षति भएको कृषि कार्यालयले जानकारी दिएको छ । 

यता त्रिवेणी गाँउपालिकामा ३४ लाख १० हजार, मध्यविन्दु नगरपालिकामा १७ करोड ९५ लाख २० हजार २ सय ५०, बर्दघाट नगरपालिकामा ५८ लाख ४१ हजार ५ सय २० र रामग्राम नगरपालिकामा ६६ लाख ४४ हजार २ सयको क्षति भएको कार्यालयले बताएको छ ।  

बाढीले शिक्षा क्षेत्र अन्तर्गत २१ विद्यालयको भौतिक संरचना र सामाग्रीमा २१ लाखको क्षति पु¥याएको छ । बाढीका कारण केहि विद्यालयका भौतिक संरचना विग्रेका छन् भने विद्यालयमा बिछाइएकोे कार्पेट, कुसन, गलैचा र किताबमा समेत क्षति पु¥याएको जिल्ला शिक्षा कार्यालयले जानकारी  दिएको छ । बाढीकै कारण २१ वटा विद्यालयमा १५ दिनसम्म पठन पाठन ठप्प रहेको छ । बाढीको पानी विद्यालय परिसर र बाटोबाट निकास भएपछि गत ६ गतेदेखि विद्यालयमा पठन पाठन सुचारु भएको हो । 

यता बाढीले नै भत्काएको महेशपुर त्रिवेणी सडक खण्डको बाटोमा अझै यातायात सुचारु हुन सकेको छैन । सिमा क्षेत्र महेसपुर हुदै त्रिवेणी निस्केको बाटोमा करिब ३० फिट बाटो बाढीले भत्केको छ बाढीले भुजहवा र बुडन्तवापुरको बिचमा बाटो भत्केको छ । साईकल÷मोटरसाईकल र पैदलयात्री मात्रयात्रा गरिहेका छन् । चार पाङ्ग्रे कुनै सवारी साधनहरु आवत जावत गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप