बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभामुखलाई भेटेर नेपालका लागि कतारका राजदूतले भने, ‘नेपालको एयरपोर्टदेखि  क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न चाहन्छौं’

सोमबार, १२ फागुन २०७६, १६ : १०
सोमबार, १२ फागुन २०७६

काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल हायलले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युसुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुुभकामना व्यक्त गरे । 

सभामुख सापकोटाले ४२ बर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्ध थप सुुदृढ हुने विश्वास व्यक्त गरे । उनले भ्रमण बर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिवद्धताप्रति धन्यवाद ज्ञापन गरे । 

सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबलको सफलताको शुभकामना व्यक्त गरे । उनले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधानका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुुपर्ने बताए । 

भेटमा राजदूत युुसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताए । उनले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एयरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको बताए । 

राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताए । उनले  नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप