बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘चालकको भूमिका डाक्टरको भन्दा ठुलो’

सोमबार, १२ फागुन २०७६, १७ : ०७
सोमबार, १२ फागुन २०७६

काठमाडौँ ।  ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम प्रसाद ढकालले चालकको भूमिका डाक्टर भन्दा ठुलो हुने बताएका छन् । 
अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात इकाई कमिटी तथा नेपाल यातायात एक्सप्रेस प्रालिको आयोजनामा भएको अन्तर्रक्रिया तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

डकालले एकजना डाक्टरको लापरबाहीले एकै जनामात्र बिरामीको ज्यान जाने भएपनि एकजना चालकको लापरबाहीले सयौं यात्रुको ज्यान जानसक्ने भन्दै चालकको भूमिका डाक्टरको भन्दा पनि ठूलो हुने धारणा राखे । 
ढकालले उपत्यकाको सडकलाई प्रविधि मैत्री बनाउन सुधारको काम भइरहेको पनि जानकारी दिए । 


कार्यक्रममा ट्राफिक प्रहरी निरिक्षक दामोदर भट्टले श्रव्य दृश्य विधि मार्फत ट्राफिक दुर्घटना न्यूनीकरण, यात्रु मैत्री व्यवहार, सडक सभ्यता, ट्राफिक नियम पालना, यातायात मजदुरको काम कर्तव्य र अधिकार सम्बन्धी महत्वपूर्ण  प्रशिक्षण  दिएका थिए   ।

यस्तै कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष रामचन्द्र कार्कीले सामाजिक सुरक्षा कोषमा सवै यातायात व्यवसायी आबद्ध भएपश्चात मजदुरको रोजगारीको ग्यारेन्टी हुने र अरु सबै समस्या पनि एकैपटक हल हुने बताए ।

त्यस्तै संगठनका बरिष्ठ  उपाध्यक्ष दिपक केसीले चालकका लागि राज्यको तर्फबाट कुनै प्रशिक्षण नहुनु दुखद भएको बताए । 

अखिल नेपाल यातायात मजदुर संघका इकाई अध्यक्ष दिलिप गुरुङको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश अध्यक्ष दिपक केसी, एसपी राजकुमार वैदवारलगायतको समेत  सहभागिता थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप