प्रदेश राज्यमन्त्री झाको राजिनामा फिर्ता
सोमबार, १२ फागुन २०७६, १८ : २६
जनकपुर । प्रदेश नम्बर २ का भौतिक विकास पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ । राजिनामा फिर्ता भएपछि राज्यमन्त्री झा आजै मन्त्रालय पुगेकी छिन् ।
प्रदेश सरकारसँग असन्तुष्टि जनाउँदै माघ १४ गते उनले राजीनामा दिएकी थिइन् । राजपा नेपालको अध्यक्ष मण्डलले राजीनामा फिर्ता गर्न आग्रह गरेपछि आजदेखि काम शुरु गरेको राज्यमन्त्री झाले बताइन् ।
पार्टीले नै आफूलाई सांसद बनाएको र राज्यमन्त्री पनि बनाएकोले पार्टीको आदेशलाई आफुले अस्वीकार गर्न नसक्ने उनले बताइन् ।