बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घुस लिएको अभियोगमा सव–इन्जिनियर पक्राउ

सोमबार, १२ फागुन २०७६, १८ : ४६
सोमबार, १२ फागुन २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई पक्राउ गरेको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन इकाइका सव–इन्जिनियर नवलेस कुमार रौनियारले कास्कीको मादी गाउँपालिका वडा नं ९ का सेवाग्राहीसँग ४० हजार ५०० घुस लिएको उजुरीको आधारमा अख्तियारले पक्राउ गरेको हो । 

उनले घुस लिएको विषयमा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट प्राप्त पत्र तथा संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । यसबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप