अडियो काण्डमा बाँस्कोटासँगै अन्यमाथि पनि छानबिन गर्नुपर्छ : सभापति देउवा
बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रसका सभापति शेरबहादुर देउवाले कमिसन प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँगै अन्यमाथि पनि छानविन गनुपर्ने बताएका छन् ।
रुपन्देहीमा राष्ट्रियसभा साँसद स्व.दुर्गाप्रसाद उपाध्यायको शोकसभामा सभापति देउवाले सार्वजनिक भएको अडियोमा गोकुल बास्कोटा एक्लैले भ्रष्टाचार गर्ने नसक्ने भन्दै अरुको पनि संलग्नता रहेको आरोप लगाएका हुन ।
अडियो काण्डबाट सरकारले गरिरेको भ्रष्टाचारको पर्दाफास भएको भन्दै भ्रष्ट सरकारविरुद्ध काँग्रेस एक ढिक्का भएर आन्दोलनमा उत्रिर्ने बताए । यस्तै केपी ओली सरकार लम्पसारवादमा परिणत भएको भन्दै राष्ट्र र राष्ट्रियता जोगाउने जिम्मेवारी काँग्रेसको काँधमा आएको देउवाले बताए ।
कार्यक्रममा काँग्रेस संसदीय दलका सचेतक बालकृष्ण खाँडले झुक्किएर जनताले कम्युनिष्टलाई सत्तामा पुरयाउँदा लोकतन्त्र मासिने खतरा बढ्दै गएको बताए ।
दुईतिहाई बहुमत दम्भमा सरकार एक पछि अर्को काण्डमा फस्दै गएको बताए । अर्को चुनावमार्फत लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षी दल काँग्रसको काँधमा जनताले सुम्पेको बताए ।
संघीय संसद अन्तगर्त सार्वजनिक लेखा समिती संयोजक भरतकुमार शाहले सरकारले गरेको भ्रष्टाचारको लेखाजोखा आफूले राखेको बताए । उनले उक्त लेखाजोखा जनता समक्ष सार्वजनिक भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?