बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि उपकुलपति कार्यकक्षमा लगाइएको ताला खुल्यो

सोमबार, १२ फागुन २०७६, १८ : ५३
सोमबार, १२ फागुन २०७६

काठमाडौं । समाजवादी विद्यार्थी युनियनले विभिन्न ७ बुँदे माग राखेर त्रिवि उपकुलपति कार्यकक्षमा लगाएको ताला खोलेको छ। आज त्रिविको वार्ता समिति र युनियनबीच भएको वार्तामा मागहरु पुरा गर्ने निर्णय भएपछि ताला खोल्ने सहमति भएको हो ।

सहमतिअनुसार सरोकारवाला विद्यार्थी संगठनसँग छलफल गरेर स्ववियु निर्वाचनबारे निर्णय गर्ने, परीक्षा नियन्त्रण कार्यालयलाई जनशक्ति तयार गरि अनलाइन प्रणालीमा लैजाने, विश्वविद्यालयमा रहेका कर्मचारीहरुबाट बिजुली लगायतको बाँकी आवास शुल्क असुल्ने, विश्वविद्यालय परिसरमा रहेका छाप्रा टहरा र पशुपन्छी पालन गरेको पाइए हटाउने, त्रिवि क्यालेन्डरलाई कडाइका साथ पालना गर्ने, कर्मचारी र प्राध्यापकहरु फुलटाइम नियमित गराउन इलेक्ट्रोनिक हाजिर मेसिन जडान गर्ने सहमति भएको छ। त्रिविबाट वार्ता समितिको नेतृत्व अनुगमन निर्देशनालयको कार्यकारी निर्देशक बिष्णुप्रसाद खनालले गरेका थिए भने समाजवादी युनियनबाट त्रिवि समिती संयोजक बलबहादुर रम्तेलले गरेका थिए । युनियनले गत ७ गते ताला लगाएपछि त्रिविको कामकारबाही प्रभावित भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप