शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढी प्रभावित बीस परिवारलाई लायन्सले घर बनाइदिने

सोमबार, १२ भदौ २०७४, १२ : ०४
सोमबार, १२ भदौ २०७४

चितवन । रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ । 

करिब रु ५० लाखको लागतमा यहाँ रहेका विपन्न परिवारका लागि घर निर्माण गर्ने निर्णय भएको सो संस्थाका पूर्व अध्यक्ष नीरज श्रेष्ठले जानकारी दिए । 


बाढीले यहाँका सुकुम्बासीको २० घरमा क्षति पु¥याएकाले परियोजना सञ्चालन गरेर उनीहरुका लागि नयाँ घर निर्माण गर्न लागिएको उनले बताए । 

घर निर्माणमा रत्ननगर नगरपालिकाले जग्गा उपलब्ध गराइदिने घर निर्माणमा कम्तिमा दुई लाख सहयोग गर्नेको दाताको नाम राखिने जनाइएको छ । 

लायन्सका प्रतिनिधि विभिन्न सङ्घसंस्था तथा व्यवसायीबाट घर निर्माणमा योगदान हुनसक्ने लायन्स क्लब अफ चितवन राइनो सिटीले जनाएको छ । 

घर निर्माणसँगै सो क्षेत्रलाई वातावरणमैत्री बनाइने, घरसँगै सामुदायिक भवन तथा शौचालय बनाइने, बालबालिकालाई शिक्षा दिइने, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने र आयस्रोतका लागि कोष स्थापना गरी क्षमताअनुसारको रोजगारीको व्यवस्था मिलाइने जनाइएको छ 

बाढीले रत्ननगर नगरपालिकाका विभिन्न बस्ती डुबानमा पारेकामा नगरपालिकाको वडा नं ५, ६ र ७ मा ६०० भन्दा बढी परिवार प्रभावित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप