शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेवातालमा डुङ्गा पल्टिँदा एकजना बेपत्ता

सोमबार, १२ फागुन २०७६, १९ : ३०
सोमबार, १२ फागुन २०७६

पोखरा । फेवातालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट घुम्न आएको टोली डुंगा पल्टिदा एक जना बेपत्ता भएका हुन् । 

प्रहरीकाअनुसार डुंगामा सवार ४ जनामध्ये ३ जनालाई नेपाली सेनाको रेस्क्यु टोलीले उद्दार गरि सकेको छ । दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा डुंगा पल्टिएको थियो । 

प्रहरीकाअनुसार प्राइभेट डु्ंगा लिएर गएका उनीहरु डुंगामा पानी भरिएपछि पल्टिएको थियो । बेपत्ता एकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । फेवातालको सिरान खपौदीबाट उनीहरु डुंगा लिएर निस्केका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप