क्वान्टिटी भन्दा क्वालिटीलाई बढी ध्यान दिन्छु - साम्राज्ञी (भिडियो)
लन्डन। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो पछिल्लो चलचित्र ‘मारुनी’ को विशेष शोका लागि यतिबेला बेलायतमा छिन् ।
आइतबार लन्डनको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शनीका लागि नायिका साम्राज्ञीका साथमा निर्माता पुनम गौतमपनि उपस्थित भएकी थिइन् ।
तेस्रो पटक बेलायत आएकी साम्राज्ञीले यसपाली चाहिं मजाले बेलायत घुमेर फर्किने बताएकी छन् । सफल मोडेल महेश विक्रम शाह र गायिका नेह राज्य लक्ष्मी शाहको कोखबाट जन्मेकी सम्राज्ञी सन् २०१६ बाट नेपाली फिल्म ड्रिम्स मार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।
आफूले फिल्म चयन गर्दा फिल्मका टिम, ब्यानर डाइरेक्टरलगायत र विषयलाई अध्ययन गरेर मात्र फिल्म खेल्ने गरेको उनले बताइन् ।
क्वान्टिटी भन्दा क्वालिटीप्रति बढी ध्यान दिने गरेको पनि उनले बताइन् । पछिल्लो समयमा फिल्मी क्षेत्रमा कम देखा परेकी साम्राज्ञीलाई दर्शकको माया कम भएको हो कि भन्ने प्रश्नमा उनले भनिन् ‘ फिल्ममा खेल्नु अघि धेरै कुरालाई विचार गर्नुपर्ने हुन्छ, बरु थोरै सिनेमा खेल्ने तर राम्रो क्वालिटीको मात्र खेल्ने आफ्नो सोच रहेकोले त्यत्ति धेरै फिल्महरुनआएको उनले बताइन् ।
चलचित्र मारुनी तेस्रो लिंगिसँग सम्बन्धित छुट्टै कथाबस्तुमा आधारित सिनेमा भएकोले आफूलाई मन परेको उनले बताइन् । उक्त फिल्मबाट आफू सन्तुष्ट नै रहेको उनको धारणा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय