बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आज तपाईंको राशिफल कस्तो छ ?

मङ्गलबार, १३ फागुन २०७६, ०६ : २५
मङ्गलबार, १३ फागुन २०७६

वि.सं.२०७६ साल फाल्गुन १३ गते । मंगलबार । ईश्वी सन् २०२० फेब्रुवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– द्वितीया,४३ घडी १७ पला,बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पूर्वाभाद्रपदा,२८ घडी १४ पला,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– सिद्ध,०३ घडी १८ पला,बिहान ०७ बजेर ५४ मिनेट उप्रान्त साध्य । करण– बालव,बिहान १० बजेर ५१ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काण योग । चन्द्रराशि–कुम्भ,मध्यान्ह ११ बजेर १५ मिनेट उप्रान्त मिन । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान २८ घडी ३२ पला । पञ्चक। चन्द्र उदय । विश्व कुष्ठरोग विरुद्धको दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अनावस्यक ठाउमा श्रम तथा शक्ती खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानीले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हातलागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्वन्धीत काममा बिषेश रुचि बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिका बढोत्तरीको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारीताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथिभाई तथा परिवार कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानी नगर्नुहोला आज गरीने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुन अधिक सम्भावना रहेको छ । धर्म कर्ममा मन जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी विचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडी पारिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले बाटो हिड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्वन्धीत व्यावसाय खस्केर जाने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ईमान्दारिता पुर्वक गरीएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । सांगठनिक टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानीगर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानी गरी विलाशी बस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुदा आफु तथा शुभचिन्तकहरु खुसी रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
   
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुदै जानेछन् । प्रेम तथा मित्रताको वन्धन कसिलो हुनुको साथै जीवन साथिको हरेका पाईलामा समर्थन पाइने  योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) शिक्षामा गरीएको लगानीबाट भनेजस्तो आम्दानी नहुने तथा बिद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । भौतिक सम्पती प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अविस्वास बढ्ने तथा पति पत्नी विच एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको  ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्ययम रहेकोले आफन्त,साथिभाई तथा कुटुम्वसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ । बचन पूरा गर्न नसक्दा आफन्त तथा ईष्टमित्रहरु तपार्ईँदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन्भने पछि पस्चाताप हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप