बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

मङ्गलबार, १३ फागुन २०७६, ०७ : ५०
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेको जनाएको छ ।

महाशाखाले मंगलबार मौसम पूर्वानुमानसम्बन्धी सूचना जारी गर्दै देशमा पश्चिमी वायुको प्रभाव परेको जानकारी दिएको हो । 

महाशाखाका अनुसार हाल नेपालका पश्चिमी क्षेत्रहरुमा सामान्य र पूर्ण बदली भएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य क्षेत्रमा आंशिक देखि सामान्य बदली रहेको अवस्था छ । 

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानले आज दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप