शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पको हाई टीको मेन्यूमा देखिएको ब्रोकली समोसाको उड्यो मजाक, फिल्म निर्माताले लेखे, ‘यो असंवैधानिक हो’

मङ्गलबार, १३ फागुन २०७६, ०८ : २६
मङ्गलबार, १३ फागुन २०७६

भारतको साबरमती आश्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनको परिवारको सम्मानमा राखिएको हाई टीको मेन्यू चर्चाको विषय बनेको छ । सोसल मिडिया प्रयोगकर्ताले यसमा समावेश ब्रोकोली समोसाको बेस्सरी मजाक उडाइरहेका छन् ।

भारतीय फिल्म निर्माता हंसल मेहताले ठट्यौली पारामा यसलाई असंवैधानिक बताएका छन् । उनले पत्रकार बरखा दत्तको त्यो ट्वीटमा कमेन्ट गरेका छन् जसमा उनले लेखेकी थिइन्, ‘कसैसँग ब्रोकली समोस थिएन ।’

हंसलका दुई कमेन्टः

हंसलले बरखाको ट्वीटमा कमेन्ट गरे, ‘सिरियसली ? ब्रोकली समोसा ? यो असंवैधानिक हो ।’

यस्तै उनले मेनूको फोटो ट्वीटरमा सेयर गर्दै लेखे, ‘स्न्याक्स काउन्टर मेनू, आइटम नम्बर २ इन्टरनेशनल डिप्लोमेसीमा नयाँ गिरावट हो । यसले अन्तर्राष्ट्रिय स्तरमा भारतको छवी बिगार्नेछ ।’

ट्वीटर प्रयोगकर्ताले यस्ता कमेन्ट गरेः

एक ट्वीटर प्रयोगकर्ताले मेनूको फोटो सेयर गर्दै लेखेका छन्, ‘इतिहासको सबैभन्दा वाहियात मेनूको मनोनयन । बेस्वाद ।’

एक अर्का प्रयोगकर्ताको कमेन्ट छ, ‘यदि तपाईं समोसाको भित्रको सामग्री परीवर्तन गरिरहनुभएको छ भने तपाईं त्यसको भावनासँग खेलिरहनुभएको छ । ब्रोकली समोसा समोसा होइन ।’

यस्तै, अर्का एक प्रयोगकर्ताले कमेन्ट गरेका  छन्, ‘ब्रोकली समोसा देखेर राष्ट्रपति ट्रम्प धेरै समयसम्म उदास होलान् भनेर मलाई कता कता डर महसुस भइरहेको छ ।’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘ के ट्रम्प अंकलले यो ब्रोकली समासा अचारसँग खालान् वा मेयोनेजसँग ? ’

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप