अमेरिकामा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते–क्वान्दो प्रतियोगिता हुँदै
मङ्गलबार, १३ फागुन २०७६, ०८ : ५०
डिसीः अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते–क्वान्दो प्रतियोगिता हुने भएको छ ।
नेपाली मूलका ते–क्वान्दो प्रशिक्षक–गुरु कुमार कार्कीद्वारा संचालित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोले एकडेमीले एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते–क्वान्दो प्रतियोगिता बारेमा जानकारी दिएको हो ।
उक्त ते–क्वान्दो प्रशिक्षण केन्द्रले आगामी मे १५–१६ दिन बाल्टिमोरमा तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको हो । खेलमा ५ सय खेलाडीहरुको सहभागिता हुने प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते–क्वान्दो प्रतियोगिताका आयोजक ते–क्वान्दो गुरु कुमार कार्कीले बताए ।
नेपाल ,भारत,बंगालादेश ,अमेरिका,क्यानडा ,कोरिया लगायत देशहरुका खेलाडीहरुको सहभागिता हुने बताए । प्रतियोगिता मे १६ का दिन हुनेछ । मे १५ का दिन खेलाडीहरु आउने र नाम दर्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रिम गर्ल ३ बाट बाहिरिइन अनन्या पान्डे
-
शरीरमा स्वतः रक्सी बन्ने बेल्जियन पुरुष मापसे मुद्दामा निर्दोष ठहर
-
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
-
यसरी बित्यो कतारी राजा शेखको नेपालमा २२ घण्टा
-
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह
-
सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ